Logo

सार्वजनिक यातायातको भाडा १२ प्रतिशले बढ्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

भौतिक योजना तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले सबै खाले सवारी साधनमा लागू हुने गरी अधिकतम १२ प्रतिशत भाडा बढाइएको बताए।

विभागमा आज भएको बैठकमा सो निर्णय भएको उनले जनाए।

यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको छ । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्