Logo
Logo

सार्वजनिक यातायातको भाडा बढाउने निर्णय फिर्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

सरकारले सार्वजनिक यातायातको भाडा बनाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ ।

नयाँ भाडादर समेत सार्वजनिक गरेको विभागले तत्काललाई यो निर्णय फिर्ता लिइएको जानकारी दिएको हो । थप निर्णय गरी ठोस निष्कर्षमा पुग्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म नयाँ भाडादरको निर्णय कार्यान्वयन नहुने विभागले जनाएको छ ।

विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्