Logo
Logo

सिंहदरबार प्रवेशमा थप कडाइ, गृह मन्त्रालयमा क्यामेरा निषेध


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ३१ जेठ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजधानीमै बम बिस्फोट गराएपछि सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ।

विप्लव नेतृत्वको नेकपाले वैशाख १२ मा सुकेधरा र अनामनगरमा टाइम बम बिस्फोट गराएपछि गृहमन्त्रालयले सिंहदरबार प्रवेशमा कर्मचारीदेखि सर्वसाधरणसम्मलाई कडाइ गरेको हो।

सिंहदरबारभित्र सरकारसँग असन्तुष्ट पक्षले अप्रिय घटना घटाउन सक्ने उच्च जोखि औंल्याउँदै त्यसलाई नियन्त्रण गर्न सुरक्षा जाँचमा विशेष सतर्कता अपनाइएको गृह मन्त्रालय स्रोतले जनाएको आजको समाचार नागरिक दैनिकमा समाचार छापिएको छ। सिंहदरबारमा कडाइसँगै गृह मन्त्रलयमा क्यामेरा लैजान पनि निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्