Logo
Logo

उडान घटाउँदै, घाटा बढाउँदै वायुसेवा निगम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ३१ जेठ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेतृत्वले अन्तर्रा्ष्ट्रिय उडानका जहाज पनि नियतवश पूर्ण क्षमतामा नउडाएको खुलेको छ ।

निगमले अन्तर्रा्ष्ट्रिय उडान गरिरहेका सेक्टरमा जानाजान उडान कटौती मात्र गरेको छैन, जापान र कोरियामा हुने भनिएको उडान नियतवश ढिला गरेको देखिन्छ ।

जेट एयरवेज ग्राउन्डेड हुँदा नेपाल एयरलाइन्सलाई भारतमा उडान थप्ने अवसर थियो । तर, त्यो अवसर सदुपयोग गर्नुको साटो जहाजलाई आधा क्षमता मात्रै चलाएर बाँकी समय थन्क्याएर राखिएको छ ।

‘निगमका जहाज नियतवश ग्राउन्डेड गरेर भाडामा निजी जहाज कम्पनीलाई दिने कुत्सित उद्देश्यले काम भइरहेको छ। । दैनिक १८ घन्टा उड्न सक्ने वाइडबडी जहाज हाल नौ घन्टा मात्रै उडिरहेको छ भने १६ घन्टा उड्न सक्ने न्यारोबडी जहाज नौ घन्टा १५ मिनेट मात्रै उडिरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्