Logo
Logo

अस्ट्रेलियाको राजदूत सिफारिस रादजूत दाहाल विवादमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ३१ जेठ ।

सरकारले अस्ट्रेलियाको राजदूत नियुक्तिका लागि महेशराज दाहाललाई गरेको सिफारिस विवादमा परेको छ ।

दाहालकी पत्नी अमेरिकाको स्थायी बासिन्दा भएको पाइएपछि उनको सिफारिस विवादमा परेको हो । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बेवास्ता गर्दै सरकारले गत साता अस्ट्रेलियासहित चार मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो ।

यसअघि तत्कालीन माओवादी नेता राम कार्कीलाई सरकारले भारतका लागि राजदूत नियुक्ति गरेको थियो। तर उनी पत्नी भारतमै सरकारी सेवामा कार्यरत रहेका कारण कार्कीको सहमति (एग्रिमो) आएको थिएन। कूटनीतिमा स्वार्थको टकराव हुने अवस्थामा नियुक्ति नहुने अभ्यास छ। तर सरकारले ती अभ्यास र आफ्नै निर्देशिकाको बेवास्ता गर्दै दाहाललाई सिफारिस गरेको हो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छापिएको छ ।

दाहालकी पत्नी प्रभा अमेरिकामै स्थायी बसोबास गर्दै आएकी छन्। अमेरिकास्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई दाहालको अमेरिका आउजाउ र पत्नी प्रभाको अवस्थाबारे पूर्ण जानकारी दिएको छ। दाहालले आरम्भमा अमेरिकाकै राजदूतमा नियुक्तिकाा लागि प्रयास गरेका थिए। त्यसमा असफल भएपछि उनले अस्ट्रेलियाका लागि सिफारिस प्राप्त गरेको परराष्ट्र अधिकारी बताउँछन्।

सिफारिसमा परेका दाहालले पत्नी अमेरिकामा पाँच वर्षदेखि कार्यरत रहेको स्वीकार गरे। ‘मेरी पत्नी अमेरिकाको भर्जिनियामा कार्यरत छिन्। उनी नर्स भएकाले त्यहाँ केही समयदेखि काम गरिरहेकी हुन्,’ उनको दाबी छ, ‘उनको वर्कपर्मिट छ। ग्रिनकार्ड (स्थायी बसोबास अनुमति) छैन।’

प्रतिक्रिया दिनुहोस्