Logo
Logo

पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य डीआर पौडेलको हृदयघातबाट निधन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ३१ जेठ ।
नेकपाका केन्द्रीय कमिटी सदस्य तथा पूर्वशिक्षामन्त्री धनिराम (डीआर) पौडेलको आज विहान निधन भएको छ ।

चितवन माडीस्थित आफ्नै निवासमा रहेका पौडेलको ह्रदयघातका कारण मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

स्याङजाको दरौंमा ०२३ सालमा सालमा जन्मेका धनिराम पौडेल शिक्षामन्त्री बनेका थिए । पार्टीभित्र उनी धनिरामले भन्दा पनि डीआर पौडेलका नामले चिनिन्छन् । उनी पूर्व माओवादीका समानुपातिक सभासद रहदै मन्त्री भएका थिए ।

उनी २०७३ साल भदौमा भदौमा काङ्ग्रेस-माओवादी (केन्द्र)को संयूक्त सरकारमा प्रचण्ड प्रधानमन्त्री रहदा शिक्षा मन्त्री भएका थिए।

प्रतिक्रिया दिनुहोस्