Logo
Logo

विकास खर्चको साढे ६ करोडबाट गाडी किन्दै संसद


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ३२ जेठ ।

विकास खर्च शीर्षकमा सरकारले दिएको थप साढे ६ करोड रुपैयाँले संसद्ले ११ वटा गाडी खरिद गर्दैछ।

संसद सचिवालयले संसदीय समिति सभापतिहरूका लागि गाडी खरिद प्रक्रिया अघि बढाइसकेको हो। ११ गाडी खरिदका लागि टेन्डर आह्वान गरिएको र टेन्डरको म्याद असार १ मा सकिएपछि कम्पनी छनोट गरेर खरिद गरिने सचिवालयले जनाएको छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

जब कि एक महिनाअघि मात्रै सचिवालयले अर्थ मन्त्रालयको स्वीकृतिमा पाँचवटा गाडी किनेको थियो। अहिले संघीय संसद्मा ९२ गाडी छन्।

प्रतिक्रिया दिनुहोस्