Logo
Logo

कामनपा र नविल बैंकबीच ट्राफिक आइल्याण्डहरुको सौन्दर्यकरणसम्बन्धी सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नविल बैंक लिमिटेड तथा काठमाडौं महानगरपालिकाबीच ३१ जेठमा एक बिशेष समारोहबीच काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नयाँ सडक गेट अगाडि पूर्वतर्फको र राष्ट्रियसभागृह गेट अगाडि पश्चिमतर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरु जडान गर्ने विशेष सौन्दर्यकरण सम्झौता भएको छ ।

आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानीको प्रवाहित गरी बर्षै भरी फूल फुलाई हरियालीयुक्त रमणीय बनाउन काठमाडौं महानगरपालिका तथा नविल बैंक लिमिटेडको सहकार्य रहने जनाइएको छ । काठमाडौं महानगरपालिका नगर प्रमुख विद्यासुन्दर शाक्यले नबिल बैंकसंगको यस सम्झौताले काठमाडौंको सुन्दरता बढाउने भएकोले धेरै उत्साहित भएको जानकारी दिए ।

उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सहकार्यले नविल बैंकले अवलम्वन गर्दै आएको हरितकरण प्रयासलाई टेवा पु¥याई काठमाडौं महानगरपालिकामा रहेका सडकका ट्राफिक आइल्याण्डहरुमा सौन्दर्य वृद्धि गरी शहरको वातावरण समेतलाई सपार्ने विश्वास जनाए ।

नविल बैंकले आफनो सेवाग्राहीलाई ७९ वटा शाखा संजाल, १३३ वटा एटिएम र १५०० भन्दा बढी नविल रेमिट एजेन्टमार्फत देशभरि सेवा दिँदै आएको र विश्वभरि फैलिएका सम्पर्क कार्यालयमार्फत सेवा दिँदै द बैंक अफ अफ फस्ट च्वाइस हुन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्