Logo
Logo

बिहे गर्छु भन्दै २० युवती फसाउने प्रहरी फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २ अषाढ ।

ज्ञानेश्वरकी किरण शाह त्यतिबेला छाँगाबाट खसेझै भइन्, जतिबेला एक अपरिचित युवतीले हुनेवाला दुलाहाको असली धन्दा पर्दाफास गरिन्। त्यस वेलासम्म ढिला भइसकेको थियो।

नगुम्नुपर्ने गुमिसकेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौँ टेकुस्थित कार्यालयमा आइतबार भेटिएकी उनी प्रहरीसँग भन्दै थिइन्, ‘त्यसले मेरो सबै सक्यो। त्यसविरुद्ध कानुनी कारबाही गरिपाऊँ।’ प्रहरीका अनुसार उनलाई प्रेमको चंगुलमा पारी फसाउने नवलपरासी डन्डाका २८ वर्षीय रोनाल्डराज आचार्य थिए। केही साता पछिमात्र उनीहरुबीच इन्गेजमेन्ट हुँदै थियो आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

यसका लागि राजधानीको पाँचतारे होटल बुक गरिएको थियो। उपहार दिन डेढ करोड पर्ने ल्यान्डरोभर कारसमेत तयार थियो। तर, जब हुनेवाला दुलाहाको असली धन्दा सतहमा आयो, सबै योजना तासको घरझैँ भताभुंग हुन पुगे। आचार्य अहिले प्रहरी हिरासतमा छन् भने युवती न्यायको खोजीमा भौतारिरहेकी छन्। प्रहरीका अनुसार आचार्यले शाह जस्ता २० भन्दा धेरै युवतीलाई यसैगरी फसाइसकेका काठमाडौँ परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए। पीडित युवती खानदानी घरानाका भएकाले उनीहरु खुलेर आउन सकिरहेका छैनन्।

प्रतिक्रिया दिनुहोस्