Logo
Logo

सातवटै प्रदेशमा नयाँ बजेट सार्वजनिक, कुन प्रदेशमा कति ?के के छन् प्राथमिकता ? (पूर्णपाठ सहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २ अषाढ ।

मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ का लागि नयाँ बजेट सार्वजनिक गरेका छन् । आइतबार सातवटै प्रदेशका प्रदेशसभामा नयाँ बजेट प्रस्तुत गरिएको हो । सातवटा प्रदेशमध्ये प्रदेश १ ले ४२ अर्ब, प्रदेश २ मा ३८ अर्ब, प्रदेश ३ मा ४७ अर्ब ८० करोड, गण्डकी प्रदेशमा ३२ अर्ब, प्रदेश ५ मा ३६ अर्ब, कर्णाली प्रदेशमा ३४ अर्ब र सुदुरपश्चिम प्रदेशमा २८ अर्ब बराबरको बजेट सार्वजनिक गरिएको छ ।

प्रदेश १– कर्मचारीलाई नगद २५ हजार सहित वर्षमा ६ दिन भ्रमण बिदा

प्रदेश नं १ सरकारले प्रदेश कर्मचारीका लागि बिदा पर्यटनको अवधारणा सार्वजनिक गरेको छ । प्रदेशमा निरन्तर १ वर्षभन्दा बढी काम गरेका कर्मचारीले वर्षको ६ दिन भ्रमण बिदा सुविधा पाउनेछन् । त्यसवापत प्रदेश सरकारले २५ हजार रुपैयाँ भ्रमण खर्च समेत उपलब्ध गराउने भएको छ ।

केचनादेखि सगरमाथा आधारशिविरसम्म द्रुत सडक बनाउने दीर्घकालीन महत्त्वको सडकलाई बजेट विनियोजन गरेको छ । त्यस्तै धरान–मूलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन, कृषि र पर्यटन, उद्योग र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा प्राथमिकता दिने राम्रो योजना छ । गरिबका छोराछोरीलाई एमबीबीएस अध्ययनका लागि बिनाधितो ऋण उपलब्ध गराउने प्रचारमुखी कार्यक्रम पनि ल्याएको छ ।

प्रदेश १ बजेटको पूर्णपाठ

 

प्रदेश २– गौरवका आयोजना सहित बेटी बचाऊस अभियान

प्रदेश २ ले यसै वर्ष सुरु गरेको मुख्यमन्त्री बेटी पठाऊ बेटी बचाऊ कार्यक्रमले निरन्तरता पाएको छ । प्रदेशभित्र ‘प्रदेश साझा परिवहन सेवा’ सञ्चालनको कार्यक्रम पनि ल्याएको छ । त्यस्तै पूर्वाधारतर्फ जनकपुर–बर्दिवास औद्योगिक करिडोरको सम्भाव्यता अध्ययन र प्रदेश गौरवका योजना पहिचान र लगानी गर्न प्रदेश २ को महत्त्वपूर्ण कार्यक्रम हो ।

बजेटमा कृषिसँगै शिक्षा, स्वास्थ्य, पर्यटन र भौतिक पूर्वाधारमा पनि पर्याप्त बजेट छुट्याइएको छ भने सरकारले सिचाई आयोजनाहरुका लागि १ अर्ब ११ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश २ बजेटको पूर्णपाठ

प्रदेश ३– सन् २०२० र ३० भ्रमण दशक देखि पूर्ण साक्षर प्रदेश घोषणा
सन् २०२० देखि २०३० सम्म प्रदेश भ्रमण दशक कार्यक्रम ल्याएको प्रदेश ३ ले धेरै कार्यक्रमहरू ल्याएको छ । ‘निरक्षरतामुक्त प्रदेश तीन, पूर्ण साक्षर भएको उज्यालो दिन’ नारा घोषणा गरी आगामी आर्थिकवर्षमा पूर्ण साक्षर घोषणा हुन बाँकी रहेका काठमाडौं र काभ्रेलाई आगामी आर्थिकवर्षलाई साक्षर जिल्ला घोषणाको तयारी छ ।

एक विद्यालय एक नर्स कार्यक्रम बिस्तार गरी स्थानीय तहका सबै विद्यालयमा एक नर्सको व्यवस्था हुने भएको छ । प्रत्येक निर्वाचनमा कृषिका विशिष्टीकृत उत्पादन क्षेत्र घोषणा गरी कार्यक्रम संचालनको घोषणा गरिएको छ ।
प्रदेश ३ बजेटको पूर्णपाठ

गण्डकी प्रदेश
पूर्वाधार विकास, पर्यटन क्षेत्रको एकिकृत विकास, कृषि क्षेत्रको आधुनिकीकरण, जलस्रोतको बहुआयामिक उपयोग तथा नवीकरणीय उर्जाको विकासलाई बजेटले प्राथमिकता दिएको छ । साथै उज्यालो प्रदेश, सबै घरमा खानेपानी र युवा लक्षित धेरै कार्यक्रमहरू ल्याएको छ । तर नीति तथा कार्यक्रमका प्राथमिकता नदिएको, वितरणमुखी, ठूलाभन्दा पनि साना योजना बढी बजेट यो प्रदेशमा छन् ।

जेटमा चालु आवमा निर्णय सुरु भएका सडक र पुललाई क्रमागत रुपमा निर्माण गर्दै लैजान ८ अर्ब १८ करोड छुट्याइएको छ । मुख्य प्रशासनिक केन्द्र, प्रदेशसभा भवन, प्रदेश प्रशिक्षण प्रतिष्ठान र प्रमुख पदाधिकारी आवास निर्माण यसै वर्ष सुरु गर्ने गरी १ अर्ब ७० करोट बजेट विनियोजन गरिएको छ । यस्तै निर्वाचन क्षेत्र पूर्वाधार जिकास कार्यक्रमका लागि ७२ करोड विनियोजन गरिएको छ ।

गण्डकी प्रदेश बजेटको पूर्णपाठ 

प्रदेश ५ एक निर्वाचन क्षेत्र एक औद्यागिक ग्राम बनाउने

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७६र७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। ‘समृद्ध प्रदेश, खुसी जनता’ नारा र प्रथम आवधिक योजनाले निर्धारण गरेको उद्देश्य तथा लक्ष्य प्राप्ती सहित बजेट सार्वजनिक गरिएको छ।

मुख्यमन्त्री शंकर पोखरेलले कृषि, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिँदै बजेट प्रस्तुत गरेका हुन्। पोखरेलले चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख र पूँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख गरी ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट पेस गरे।

प्रदेश ५ बजेटको पूर्णपाठ

कर्णली प्रदेश ‘आफ्नो प्रदेश आफै बनाऔं’
‘आफ्नो प्रदेश आफै बनाऔं’ भन्दै यस प्रदेशले शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारका कार्यक्रम प्राथमिकतामा राखेको छ । बजेटले कर्णाली प्रदेशको दीगो विकास र समृद्धिका लागि सडक पूर्वाधारद्धारा यातायातको पहँुच बिस्तार पहिलो प्राथमिकता भएको घोषणा गरेको छ ।

मुख्यमन्त्री पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सडक, पुल, जलविद्युत, खानेपानी, सिंचाई, संचार, वस्ती विकासजस्ता क्षेत्रमा भौतिक पूर्वाधारका प्रदेश महत्वका ठूला परियोजना सञ्चालन गर्ने घोषणा प्रदेश सरकारको छ ।त्यस्तै बैंक खाता छोरीको सुरक्षा जीवनभरिको कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन गरेको छ । ‘हाम्मा मुख्यमन्त्री हाम्मा कुडा’ कार्यक्रममार्फत सरकार र जनताबीच सम्बन्ध जोड्ने भन्दै बजेटमा समावेश गरिएको छ ।

 कर्णली प्रदेश बजेटको पूर्णपाठ

सुदुरपश्चिम प्रदेश
सुदुरपश्चिम सरकारले बालबिबाह उन्मूलनमा लगानी गर्ने भएको छ । ‘सानै छु म बढ्न देउ, बालबिबाह होइन पढ्न देउ’ अभियान सञ्चालन गर्ने योजना बनाएको सरकारले दार्चुला र बाजुराबाट यो अभियान संचालनको घोषणा गरेको छ ।

रेक स्थानीय तहमा ‘नमुना कृषि गाउँ आफैं बनाउँ’ कार्यक्रम ल्याएको छ । सार्वजनिक–निजी साझेदारीमा ३ मेगावाटसम्मको जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । प्रदेशस्तरका गौरवका सडक पनि छन् । युवाहरूलाई स्वरोजगारमूलक तालिम यो प्रदेशले पनि ल्याएको छ ।

सुदूरपश्चिम प्रदेशमा बजेटको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्