Logo
Logo

बझाङमा जीप दुर्घटना, एकै परिवारका तीन जनासहित १० जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

बझाङमा जीप दुर्घटना ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ । सदरमुकाम चैनपुर नजिकै डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टा गाँउपालिका – १ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा १० जनाको घटना स्थलमा नै ज्यान गएको हो । यस्तै ५जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारको लागि स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकै परिवारका ३ जनाको ज्यान गएको छ । मष्टा गाँउपालिका –१ कोटदेवलका एकै परिवारका ४० वर्षीय कलक खड्का उनकी श्रीमती ४८ वर्षीया जुनधारा खड्का र उनका १२ बर्षीय छोरा सरोज खड्काको ज्यान गएको हो । यस्तै यही गाउँका १९ वर्षीय हिक्मत खड्का, ५२ वर्षीया धौलीदेवी खड्का, १५ वर्षीया जुना खड्का, ८ वर्षीया विपना खड्काको ज्यान गएको छ । यस्तै, मष्टा गाँउपालिका– १ कै रनाडा गाउँका ३० वर्षीय भक्त द्धाल र ३५ वर्षीया लक्ष्मी द्धाल र जिनाडा गाउँका २२ वर्षीय जीप चालक सुरेन्द्र थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्