Logo
Logo

खानेपानी मत्री महाप्रबन्धक विवाद उत्कर्षमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ३ अषाढ ।

खानेपानी मन्त्री बिना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक महेश भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्री मगर महाप्रबन्धक भट्टराईसँग असन्तुष्ट छिन् । भट्टराईमाथि मन्त्रीको निर्देशन अवज्ञा गरेको आरोप छ ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापकसमेत रहेका भट्टराई बेतलबी काज बिदा लिएर चार वर्षका लागि केयुकेएलको व्यवस्थापनमा आएका हुन्। हरेक वर्ष त्रिविले उनको काज बिदा नवीकरण गर्दै आएको थियो। तर गत माघदेखि त्रिविबाट उनको काज बिदा नवीकरण भएको छैन। काजबिदा स्वीकृत नहुनुमा मन्त्रीको हात रहेको भट्टराई पक्षको आरोप छ। आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

त्रिविबाट बिदा नवीकरणको प्रक्रिया अघि बढेको केयुकेएल प्रशासनले जनाएको छ। भट्टराई स्वयंले पनि आफ्नो काज बिदा नवीकरण टुंगो नलागेको स्वीकार गरेका छन्। ‘काज बिदा नवीकरण प्रक्रियामा छ,’ उनले भने, ‘टुंगो लागेको छैन।’

प्रतिक्रिया दिनुहोस्