Logo
Logo

बालुवाटारमा गुठी विधेयकबारे प्रधानमन्त्री–जनप्रतिनिधि छलफल (फिर्ता लिने कि स्थगन गर्ने) ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ३ अषाढ ।

प्रधानमन्त्री केपी ओलीमाथि गुठी विधेयक फिर्ता लिन दबाब बढेको छ। उपत्यकाका तीनै जिल्लाका नेकपाका जनप्रतिनिधि र जिल्ला नेताहरूले विधेयक फिर्ता लिन प्रधानमन्त्रीलाई दबाब दिएका हुन्। उनीहरूसँगको छलफलपछि प्रधानमन्त्रीले क्याबिनेटबाट आवश्यक निर्णय लिने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार काठमाडौं ललितपुर र भक्तपुरका जनप्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा आजभएको तीनघण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरूका कुरा सुनिसकेपछि ‘‘मैले तपाईंहरू सबैको कुरा सुनें, यो विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्छु।’ भनेको छलफलमा सहभागी एक नेताले बताए ।

छलफलमा अधिकांशले विधेयक फिर्ता लिन सुझाएका छन् । विधेयकमा भएका कमजोरीहरु संशोधनमार्फत सच्याउन सकिने भएपनि अहिले त्यस्तो माहौल नभएको भन्दै उनीहरु तत्काल विधेयक फिर्ता लिन नेतृत्वलाई आग्रह गरेका छन् ।

आइतबार आठ दिने युरोप भ्रमणबाट स्वदेश फर्किने क्रममा प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा गल्ती भए सरकारले सच्याउने बताएका थिए ।

बालुवाटारको छलफलमा  सचिवालय सदस्य माधवकुमार नेपाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदिय दलका उप नेता सुवासचन्द्र नेम्वाङा नेकपा महासचिव विष्णु पौडेल, भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याल पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्