Logo
Logo

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , ३ अषाढ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्य सुचि रहेको छ ।

आज विहान ११ बजेपछि संसद भवनमा बस्ने प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्रीले सम्वोधन गर्ने तयारी भएको प्रधानमन्त्री कार्यलयले जनाएको छ ।

युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ तथा आफ्नो युरोप भ्रमणबारे जानकारी दिन बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

संसदीय परम्परामा राजकीय भ्रमण अघि र पछि संसदलाई जानकारी दिने गरिन्छ । त्यहीअनुरुप ओलीले भ्रमणबारे जानकारी गराउन लागेका हुन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनी गुठीसम्बन्धी विधेयक तत्कालका लागि स्थगन गर्ने मनस्थितिमा रहेको बुझिएको छ ।आइतबार युरोप भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीको सक्रियता गुठी विधेयकमा देखिएका समस्या समाधानमा केन्द्रीत छलफल समेत चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्