Logo
Logo

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु


567
Shares

रुकुम(पूर्व) । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१२ स्थित गर्खानीमा हिजो भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का अनुसार रा१च ३३७३ नम्बरको ट्याक्टर दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि रुकुमकोट अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । उनको परिचय भने खुल्न नसकेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका दुई जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइते दुवै जनाको रुकुम(पूर्व) अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्