Logo
Logo

ओलीलाई माधवको कटाक्ष- आफैंले जन्माएको सन्तान रावण भइदियो


26.6k
Shares

गोरखा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब एमाले नरहेन टिप्पणी गरेका छन् । शनिबार गोरखा सदरमुकाममा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सूर्यमा ग्रहण लागिसकेको बताए ।

मूलधारको पार्टी आफ्नो पार्टी भएको दाबी गर्दै उनले भने, ‘मूलधारको पार्टी हाम्रो हो । मूलधारको पार्टी हुनाले अहिले हाम्रो पार्टीको महत्व जनताले बुझिसकेका छन् । हामीले विद्रोह गरेर निर्माण गरेको पार्टी नेकपाको निरन्तरता हो । नेकपा एमाले अब एमाले रहेन । ‘बी’माले, ‘सी’माले भन्नुस् । सूर्यमा ग्रहण लागिसकेको छ ।’

उनले केपी शर्मा ओली नेतृत्वमा नेकपा एमाले विध्वंशकारी पार्टी बनेको बताए । उनले भने, ‘भत्काउने काममा मात्र लागेको विध्वंशकारी पार्टी हो एमाले, कस्तो बिडम्वना आफैंले जन्माएको सन्तान विभिषण होला भन्ने सोचेको रावण भइदियो ।’

एमाले छोडेर एकीकृत समाजवादीमा आउने नेता र कार्यकर्ताको ठूलो पंक्ति आइरहेको पनि नेपालको भनाइ थियो । उनले अबको चुनावले एकीकृत समाजवादी जनतामा स्थापित हुने र एमाले कमजोर बन्ने उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्