Logo
Logo

मेरो सम्झनामा प्रभाकर


हिमालयशमशेर राणा


हिमालयशमशेर राणा

प्रभाकर शमशेर राणा नेपालमा पर्यटन क्षेत्रलाई माथि उठाउनको लागि निकै महत्वपूर्ण योगदान दिनुभएका व्यक्ति हुनुहुन्छ । नेपालमा अन्तराष्ट्रिय स्तरको होटल स्थापना नभएको अवस्थामा सोल्टी होटल स्थापना गर्नुभएका प्रभाकर शमशेर राणाले होटल सोल्टी स्थापना गरेपश्चात् नै नेपालमा पर्यटन तथा होटल व्यवसायमा अन्य व्यक्तिहरुलाई समेत बाटो खुलेको हो ।

ऊहाँले नेपालमा टाटा मोटर्सको आधिकारिक विक्रेताको रुपमा समेत काम शुरु गरेर यातायात क्षेत्रमा समेत निकै महत्वपूर्ण योगदान दिनुभयो । नेपालमा सबैभन्दा बढी कर तिर्ने व्यक्तिको रुपमा समेत पहिचान बनाउन सफल राणा भोटेकोशी जलविद्युत आयोजनाका प्रवद्र्धक समेत हुनुहुन्छ ।

भाकर शमशेर राणा

नेपालमा शुद्ध र पारदर्शी तवरले व्यवसाय गर्नुपर्छ भन्ने मान्यता राख्ने राणाको अन्तराष्ट्रिय जगतमा समेत राम्रो सम्बन्ध थियो । राजा वीरेन्द्रका नजिकका पात्र तथा सल्लाहकारको रुपमा समेत परिचित राणा बाह्य मुलुकको नेपाल प्रतिको दृष्टि बुझ्नको लागि समेत राजाको पक्षबाट विभिन्न देशहरुमा गएर सोही बमोजिम सम्बन्ध सुधारमा सहयोग पु¥याउनुको अलावा नेपालमा राजालाई सल्लाह दिने व्यक्ति समेत हुनुहुन्थ्यो । राजा वीरेन्द्र्रको वंशनाश पश्चात् राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा लिने अवस्थामा पनि त्यसो नगर्न ज्ञानेन्द्रलाई सल्लाह दिनुभएका राणा एक वौद्धिक, भद्र र शालिन व्यक्ति हुनुहुन्थ्यो । ऊहाँको मृत्युले नेपालमा एक महत्वपूर्ण व्यक्तित्व गुमाएको छ । हाल ऊहाँको इको सर्जरीको कारण ८४ बर्षको उमेरमा मृत्यु भएको हो ।

नेपालमा उद्योग स्थापना आवश्यक छ भन्नेमा दृढ सोचको साथ काम गर्नुहुने राणाको मृत्युले नेपालमा अपूरणीय क्षति गुमाएको छ । राजपरिवारका एक महत्वपूर्ण पात्रको अलावा ऊहाँले पु¥याउनुभएको योगदान निकै महत्वपूर्ण छ ।

सोल्टी होटल स्थापना भएको कारण नेपालमा बाहिरबाट आउने कुटनीतिक व्यक्तिहरुको लागि नेपालमा होटल नभएको अवस्थामा सोल्टी स्थापना सँगै नेपालमा सार्क लगायतका विभिन्न कार्यक्रम आयोजना गर्नको लागि निकै नै सहज भएको थियो । त्यस सँगै नेपालमा बाह्य पर्यटक आउनको लागि बाटो खुलेको हो । साथै नेपालमा आएका पर्यटकहरुलाई नेपालमा कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा विविध योजना सहित प्याकेजहरु निर्माण गर्ने कार्यमा समेत ऊहाँले निकै महत्वपूर्ण योगदान दिनुभयो । यसको अलावा लोकतन्त्र प्रर्वद्धनको लागि समेत ऊहाँको योगदान निकै महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्