Logo
Logo

चेम्बर अफ कमर्सको अध्यक्षमा अधिकारी


567
Shares

तनहुँ । तनहुँ चेम्बर अफ कमर्सको अध्यक्षमा खेमराज अधिकारी चयन भएका छन् ।

बन्दीपुर गाउँपालिका–५ स्थित मस्र्याङ्दी रिसोर्टमा हिजो आयोजित तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले अधिकारीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट कमर्सको वरिष्ठ उपाध्यक्षमा कविराज श्रेष्ठ, उपाध्यक्षमा पूर्ण श्रेष्ठ तथा मनोज अधिकारी चयन भए ।

त्यस्तै महासचिवमा विष्णु पराजुली, सचिवमा किशोर खनाल, सहसचिवमा नगेन्द्र पौडेल, कोषाध्यक्षमा विन्दुलाल श्रेष्ठ र सहकोषाध्यक्षमा दानबहादुर घर्ती चयन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्