Logo
Logo

दलालको निम्तोमा जापान पुगे खरेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझै असार १९ गतेदेखि जापानको ओशाकामा नियमित उड्यान गर्ने भनेर मिति तय गरेको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल ओशाका उड्यान रद्द गरेर हिजो थाई एयरको विमानबाट जापान उडेका छन् । यस घटनाले कार्यकारी अध्यक्ष खरेलको व्यवस्थापकीय क्षमता कमजोर रहेको मात्र होइन, निगमकै विश्वसनीयतामाथि प्रश्न उठेको छ । निगमले यात्रु अभावका कारण असार १९ गतेको उड्यान रद्द गर्नुपरेको विज्ञप्ति प्रकाशित गरे पनि भित्री कुरा जीएसए नियुक्ति नै हो । ओशाकामा नयाँ जीएसए नियुक्त गर्न खरेल दलालको निम्तोमा जापान उडेको निगमका कर्मचारीहरु बताउँछन् । जबकि ओशाकाका लागि खरेलले सम्पूर्ण कामको व्यवस्थापन गर्न एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचनलाई लिखित जिम्मा दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका जिल्लावासी खरेललाई ओलीले जुन आशा र विश्वासका साथ निगमको जिम्मेवारी सुम्पिएका थिए, यो १० महिनामा खरेलले एउटा माखोसम्म मार्न सकेका छैनन् । २०७५ साल भदौ ३१ गते कार्यकारी अध्यक्षमा नियुक्त खरेलको कार्यकालमा निगम आर्थिकरुपमा टाट पल्टने अवस्थामा मात्र पुगेको छैन, यस्तै अवस्था रहे नेपाल भ्रमण वर्ष सन् २०२० सम्म निगमका जहाज भाडामा लगाएर सञ्चयकोषको ऋण तिर्नुपर्ने अवस्थामा पुग्नेछ ।

कार्यकारी अध्यक्ष खरेलको लिखितपत्र पाएपछि हिराचनले ओशाकामा निगमको कार्यालय खोल्नेदेखि जेक्याव र त्यहाँको गृह मन्त्रालयसँग समन्वय गरेर असार १९ गतेदेखि काठमाडौँ ओशाका सिधा उड्यानको तारतम्य मिलाएका थिए । जापानको ओशाकामा काठमाडौंबाट सिधा उड्यान गर्ने सम्पूर्ण काम सकेर टिकट बुकिङ गर्ने बेलासम्म खरेलले टिकट बिक्री गर्ने सिस्टम नमिलाएपछि हिराचन काठमाडौँ आएका थिए । तर, खरेलले तोकिएकै समयमा जापान उडान गर्नुको साटो टिकट बिक्री नभएको बहानामा ओशाका उड्यान अचानक स्थगित मात्र गरेनन्, काठमाडौँमा छलफलका लागि आएका हिराचनलाई भेट गर्न समयसमेत दिएनन् । यसैबीच उनी टंकनिधि ढकाललाई बोकेर नयाँ एजेन्ट नियुक्त गर्न हिजो जापान उडेका छन् । यसबाट के स्पष्ट हुन्छ भने कार्यकारी अध्यक्ष खरेल दोस्रो पटक निगममा निगम बचाउन होइन, बेच्न आएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका जिल्लावासी खरेललाई ओलीले जुन आशा र विश्वासका साथ निगमको जिम्मेवारी सुम्पिएका थिए, यो १० महिनामा खरेलले एउटा माखोसम्म मार्न सकेका छैनन् । २०७५ साल भदौ ३१ गते कार्यकारी अध्यक्षमा नियुक्त खरेलको कार्यकालमा निगम आर्थिकरुपमा टाट पल्टने अवस्थामा मात्र पुगेको छैन, यस्तै अवस्था रहे नेपाल भ्रमण वर्ष सन् २०२० सम्म निगमका जहाज भाडामा लगाएर सञ्चयकोषको ऋण तिर्नुपर्ने अवस्थामा पुग्नेछ ।

निगम सूत्रका अनुसार खरेल आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउण्ड ह्याण्डलिङ’को आम्दानी स्वात्तै घटेको छ । बैंकको व्यापारघाटा बढेर त्यहाँका कर्मचारीलाई केन्द्रबाटै तलब ख्वाउनुपर्ने बाध्यता छ । हङकङ र अन्य क्षेत्रको आम्दानी पनि स्वात्तै घटेको छ । यसो हुनुको पछाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउण्ड ह्याण्डलिङ’ निजी क्षेत्रलाई सम्पने र वाइडबडी जहाजको सावाँब्याज तिर्न जहाज भाडा दिने रणनीति नै हो । यसबीच कालोसूचीबाट निगमलाई जोगाउन झापाकै अर्थमन्त्री युवराज खतिवडाले पाँच अर्ब ऋण तिरिदिने बचन खरेललाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्