Logo
Logo

निर्वाचनमा तालमेलका लागि माओवादी अघि सर्दैन : प्रचण्ड


1k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो निर्वाचनमा तालमेलका लागि माओवादी अघि नसर्ने बताएका छन् ।
पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘तालमेल गर्न जाँदैनौ, बरु अरु पार्टीहरु चाहिँ माओवादीसँग आउनुपर्छ ।’ त्यसक्रममा अध्यक्ष प्रचण्डले राष्ट्र र लोकतन्त्र माओवादीले नै बचाउँछ भन्ने कुरा जनताले बुझिसकेकाले आफूहरु नै पहिलो पार्टी बन्ने सम्भावना रहेको बताए ।

एकपटक फेरि हेर्नुपर्ने र दिनुपर्ने माओवादीलाई नै हो भन्ने जनमत देशभर बन्दै गएकाले माओवादी नै पहिलो हुने उनको भनाइ थियो । देशको परिवर्तनको संवाहक माओवादी भएकाले एक महिनाभित्र सबै दलहरु तालमेल गर्न आउनुपर्ने तर, माओवादी नजाने भन्ने अध्यक्ष प्रचण्डको अडान थियो ।

प्रतिक्रिया दिनुहोस्