Logo
Logo

पोखरीमा डुबेर दुई जनाको मृत्यु


1k
Shares

सांकेतिक तस्वीर

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रममा एक युवकको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर छन् । सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्दार गरेका थिए । उपचार गर्न लैजाँदै गर्दा ठाकुरको मृत्यु भएको जनाइएको छ । त्यस्तै महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।होली खेलेर शनिवार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका उनी पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्दार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्