
काठमाडौं । नेकपा एमालेको पोलिटव्यूरो बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्डलगायतका विषयमा छलफल गरिने एमाले स्रोतले जनाएको छ । सो बैठक बबरमहलस्थित कार्की व्यांक्वेटमा बस्न लागेको हो ।
आउँदो चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक डाकेको एमालेले चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने जनाएको छ ।












