Logo
Logo

प्रधानमन्त्री देउवा आज मोरङ जाँदै


1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदैछन् । मोरङस्थित सुन्दरहरैंचा नगरपालिका-८ को प्रशासनिक भवन शिलान्यास र नगर अस्पताल उद्घाटन गर्न उनी मोरङ जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा आज बिहान ९ बजे सुन्दरहरैंचा पुग्ने प्रदेश नं १ का डीआईजी अरुणकुमार बीसीले बताए । मोरङको कार्यक्रममा सहभागी भएर उनी पाँचथर र खोटाङतर्फ लाग्ने डीआईजी बीसीले बताए । प्रधानमन्त्री सहभागी हुने तीन वटै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा स्रोतले जनाएको छ । मोरङको लेटाङमा हिजो स्थानीयको आक्रमणमा परी एकजना महिला प्रहरी जवानको मृत्यु भएको थियो ।

तनावग्रस्त बनेको त्यहाँको वातावरणलाई सामान्य बनाउन आज बिहानैदेखि लेटाङमा कर्फ्यु आदेश जारी गरिएको छ । प्रहरी अधिकारीहरुका अनुसार घटनास्थलसँग सीमा जोडिएका पालिकामा प्रधानमन्त्रीको कार्यक्रम तय भएका कारण सुरक्षा सर्तकता उच्च बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्