Logo
Logo

विद्यालयहरु खेलमैत्री हुनुपर्छः मन्त्री गहतराज


378
Shares

फाइल फोटो

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सबै सामुदायिक विद्यालयहरु खेलमैत्री हुनुपर्ने बताएका छन् ।

बाँकेको कोहलपुरस्थित ज्ञानज्योति माध्यमिक विद्यालयको ३७ औं वार्षिक उत्सव समारोहमा बोल्दै उनले स्थानीयस्तरबाटै खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताएका हुन् । सामुदायिक विद्यालयहरुले खेलकुदको विकासका लागि अहम् भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री गहतराजले भने, “हाम्रा प्रायः सबै समुदायिक विद्यालयहरु खेलमैत्री छन् । संस्थागत भन्दा सामुदायिक विद्यालयहरुको आफ्नै खेल मैदान पर्याप्त छन, त्यसको सदुपयोग गर्दै खेल क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरुले अहम् भूमिका निर्वाह गर्नुपर्छ ।”

नेपाल सरकारले सामुदायिक विद्यालय सुधारका लागि विभिन्न योजनाहरु लागू गरेको उल्लेख गर्दै उनले शैक्षिक सुधारका लागि शिक्षक तथा अभिभावकहरु समेत जागरुक हुनुपर्नेमा जोड दिए । शनिवार गृहजिल्ला पुगेका मन्त्री गहतराजले हिजो विद्यालयको नवनिर्मित भवनकोसमेत उद्घाटन गरे । शिक्षा मन्त्रालयको विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत ४० लाख रुपैयाँको लागतमा विद्यालयको ४ वटा कोठाको भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक विनोद लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्