Logo
Logo

युरोपमा समेत लोकप्रिय हुँदै सिटी एक्सप्रेस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । छोटो समयमा नै लोकप्रिय बनेको सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वभरी आफ्नो सञ्जाल विस्तार गर्दै लगेको छ । बेलायतमा समेत कम्पनीले कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ । गत बैशाख ८ गतेका दिन लण्डनको रेडिङस्थित कार्यालयमा सिटी एक्सप्रेस औपचारिक उद्घाटन भएको थियो । बेलायतका लागि लागि नेपालका राजदूत डा. दुगा बहादुर सुवेदीलगायतले कार्यालयलको उद्घाटन गरेका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १२ बर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिटेन्स भित्रयाउँदै आएको छ । उसले सात हजारभन्दा बढी एजेन्टहरुमार्फत भुक्तानी दिँदै आएको छ । जापान र कोरियामा पुगेका नेपालीहरुको समेत पहिलो रोजाइमा सिटी एक्सप्रेस परिसकेको छ । खाडी र मलेसियाबाहेक रसिया, न्यूजिल्याण्ड जर्मनी, फ्रान्स, डेनमार्क, नर्वे र अमेरिकामार्फत समेत कम्पनीले रेमिटेन्स भित्रयाउँदै आएको छ ।
कार्यक्रममा एनआरएन युकेका अध्यक्ष योगकुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेकबहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोलराज शर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेशकुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर युके लिमिटेडका प्रबन्ध निर्देशक करमबहादुर गुरुङले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर युकेले आफ्नो सेवा मोबाइल एप्लिकेशन र अनलाईन बाहेक युकेभर आफ्ना प्रतिनिधि मार्फत पनि दिन सुरु गरेको छ । साथै छिट्टै नै यू.के बाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना पनि रहेको कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १२ बर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिटेन्स भित्रयाउँदै आएको छ । उसले सात हजारभन्दा बढी एजेन्टहरुमार्फत भुक्तानी दिँदै आएको छ । जापान र कोरियामा पुगेका नेपालीहरुको समेत पहिलो रोजाइमा सिटी एक्सप्रेस परिसकेको छ । खाडी र मलेसियाबाहेक रसिया, न्यूजिल्याण्ड जर्मनी, फ्रान्स, डेनमार्क, नर्वे र अमेरिकामार्फत समेत कम्पनीले रेमिटेन्स भित्रयाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्