Logo
Logo

लोकप्रिय हुँदै ‘आईएमई पे’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपालको रेमिटेन्स क्षेत्रमा अग्रणी कम्पनी हो आइएमई रेमिट । रेमिटेन्स पठाउने भनेकै आईएमई गर्ने भन्ने बानी पारेको सो कम्पनीले विश्वभरीबाट नेपालमा रेमिटेन्स भित्राउँदै आएको छ ।

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर कोडमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ ।

देशभरि २० हजार एजेण्ट आउटलेट संजाल भएको आईएमई रेमिटले ‘आइएमई पे’ सुरु गरेको छ । ‘यो आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो’, आईएमई गु्रपको जनसम्पर्क विभाग प्रमुख राजु पौडेल भन्छन्, ‘नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्याैट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।’

आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर कोडमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको पौडेल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्