Logo
Logo

किन पटक–पटक चोरिन्छ ?


एमपी सुब्बा


एमपी सुब्बा

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रमा बेला–बेला ‘सिर्जना चोरी’ प्रकरणले बजार तताउने गरेको छ । केही वर्षयता यस्ता प्रकरण र विवादहरु सामान्य बन्न थालेका छन् जबकि, विवादमा आउँछ अनि सेलाउँछन् । जसले गर्दा पुराना स्रष्टाका गीतलाई ‘हुबुह’ नक्कल गर्ने प्रवृति झनै बढ्दो छ ।

‘गलबन्दीको लय मैले बनाएको ‘देउसी भैली’ बोलको गीतको लयसँग मिल्छ भनेर मैले भनिसकेको छु । तर, म प्रकाश सपुतलाई निरुत्साहित गर्न चाहन्नँ’ अध्यक्ष पंगेनी र गायक प्रकाशकै अगाडि शम्भुले भनेका छन्, ‘यो संयोग हो, चोरी हो या प्रभावित हो ।’ उनले एक–अर्काको अस्तित्व स्वीकार्नु पर्ने भन्दै भने, ‘मैले गलबन्दी गीत सुन्दै आफ्नो लयसँग मिलेको महसुस गरेको थिएँ । आफूले जन्माएको छोराछोरी कुन बाबुआमाले चिन्दैन होला ? मैले चिनेपछि प्रकाश भाइसँग यो बिषयमा कुरा गरेको हुँ ।’

यस्तै, हिजोआज नेपाली सांगीतिक बजारमा ‘गलबन्दी’ व्यापक चर्चामा छ । गायक प्रकाश सपुत र गायिका शान्तिश्री परियारको आवाज रहेको उक्त गीतले दर्शक तथा श्रोतामा चर्चा बटुलिरहेकै बेला ‘गलबन्दी’ विवादमा तानियो । यु–ट्युबमा लगातार ट्रेण्डिङ ओगटिरहँदा ‘गलबन्दी’ विवादमा आएको थियो । पुराना लोकगायक शम्भु राईले आफ्नो गीतको भाका नक्कल गरेर प्रकाश सपुतले ‘गलबन्दी’ बनाएको भन्दै आरोप लगाएपछि विवादमा आएको हो ।

हुन पनि ‘बोल माया’गीतबाट चर्चामा आएका गायक तथा मोडलसमेत रहेका प्रकाश सपुत र शान्तिश्री परियारले गाएको ‘गल्बन्दी’ बोलको लोकगीत शम्भु राईको एउटा देउसी–भैलो गीतसँग लय मेल खाएको छ । उक्त गीत करिब पाँच वर्ष अगाडि आफूले गाएको शम्भु राईको दावी छ । यु–ट्युबमा अपलोड मिति हेर्दा पनि त्यही देखिन्छ । यसलाई धेरै लोकभाकाको संयोग मात्र भन्दै आएका छन् ।

गायक शम्भु राईले आफ्नो सिर्जना चोरी भएको बताइरहँदा शोसल मिडियामा उक्त गीतको विषयमा कलाकारमात्र नभएर श्रोता तथा दर्शकसमेत विभाजित छन् । अधिकांश श्रोता र कलाकार प्रकाश सपुतको पक्षमा उभिएका छन् । उनीहरुले लोकगीतका लय र भाका कतै न कतै मिल्ने भन्दै प्रतिक्रिया दिइरहेका छन् भने अर्कोतिर प्रकाशले शम्भु राईको लोकभाका कपि गरेको आरोप लगाउनेहरुको पनि कमि छैन ।

त्यसो त अर्जिनल गीतका गायकले नै आफ्नो गीतको भाका चोरी भएको बताइसकेको अवस्थामा शोसल मिडियामा भइरहेको आरोप–प्रत्यारोपको बहसको कुनै तुक छैन । तर, ‘गलबन्दी’को विवाद चुलिँदै गएपछि लोकदोहरी प्रतिष्ठानका अध्यक्ष गायक बद्री पंगेनीले दुवै पक्षलाई एकैस्थानमा भेला गराएर विवाद साम्य गराउने प्रयास गरेका थिए । त्यतिखेर पनि गायक शम्भु राईले आफ्नो गीतको भाका चोरी भएकै बताएका छन् ।

‘गलबन्दीको लय मैले बनाएको ‘देउसी भैली’ बोलको गीतको लयसँग मिल्छ भनेर मैले भनिसकेको छु । तर, म प्रकाश सपुतलाई निरुत्साहित गर्न चाहन्नँ’ अध्यक्ष पंगेनी र गायक प्रकाशकै अगाडि शम्भुले भनेका छन्, ‘यो संयोग हो, चोरी हो या प्रभावित हो ।’ उनले एक–अर्काको अस्तित्व स्वीकार्नु पर्ने भन्दै भने, ‘मैले गलबन्दी गीत सुन्दै आफ्नो लयसँग मिलेको महसुस गरेको थिएँ । आफूले जन्माएको छोराछोरी कुन बाबुआमाले चिन्दैन होला ? मैले चिनेपछि प्रकाश भाइसँग यो बिषयमा कुरा गरेको हुँ ।’

‘गलबन्दी’ चोरीको आरोप खेपिरहेका गायक प्रकाश सपुतले भने आफूले गाउँघरतिर सुनेको भाकालाई गीतमा टिपेको बताउँदै भनेका छन्, ‘सुन्दा उस्तै सुनिने भाकाहरु थुप्रै छन् । यस्तै उहाँको सँग भाका मिल्यो, गल्ती गरेँ भन्ने महसुस गरेर भन्दा पनि अग्रजको हिसाबले रेस्पोन्स गरिरहेको छु ।’

प्रकाशको उक्त भनाइले पनि ‘गलबन्दी’ शम्भु राईको देउसी गीतबाट प्रभावति छ भन्नलाई गाह्रो हुन्न । र, कुनैपनि कलाकारले अग्रज स्रष्टाबाट प्रभावित हुन नराम्रो होइन । तर, यहाँ प्रभावकै सन्दर्भ पुराना स्रष्टा सिर्जनाहरु ‘हुबहु’ नक्कल गरेर ‘मेरै सिर्जना हो’ भन्दै ठूलो स्वर गर्नेहरुको हावी समेत हुँदै गएको छ ।

गायक प्रकाश सपुत पछिल्लो उदाहरण मात्र हुन्, जो अहिले एक जना अग्रज सष्टाको सिर्जना चोरी गरेको आरोप खेप्दैछन् । तर, प्रकाश आफैमा एक कुसल र प्रतिभाशाली कलाकार हुन् ।

यसअघि यस्ता सिर्जना चोरीका थुप्रै प्रकरणहरु नेपाली फिल्म क्षेत्रमा आइसकेका छन् । फिल्म ‘छक्कापञ्जा’जस्ता सफल सिरिजका निर्माता तथा कलाकार दिपकराज गिरीसम्मले सिर्जना चोरीको आरोप खेपिसकेका छन् । उनले आफ्नो फिल्म ‘छक्कापञ्जा–२’मा समावेश गीत ‘ए दाजु नसमाउ नाडीमा’माथि चोरीको आरोप लागेको थियो । उक्त गीतको चोरी आरोपमा आल्मोडा राना उप्रेतीसँगै दिपकराज मुछिएका थिए ।

त्यस्तै, सोही फिल्मको दोस्रो गीत ‘झ्याम्म झयाम्म’माथि पनि चोरीको आरोप लागेको थियो । उक्त गीत नेपाली फिल्म ‘देवरबावु’मा राजेशपायल राईले गाएको ‘बास्ना मिठो कस्तुरीको’सँग हुबहु मिलेको पाइएपछि चोरीको आरोप लगाइएको थियो ।

यस्ता थुप्रै चर्चित गीतहरु छन्, जसले चोरीको आरोप खेपेकै छन् । केही समयअघि संगीतकार तथा गायक कालिप्रसाद बास्कोटालाई यस्तै आरोप लागेको थियो । ‘इन्स्टाको फोटो’ बोलको गीत कालीप्रसाद बास्कोटाले त्यतिखेर फ्रान्सेली गायिका कारला बु्रनीको कपि गरेका आरोप लागेको थियो । तर, आरोपका बीच उक्त गीत हिट बन्यो ।

गीत चोरीकै आरोपमा निर्माता सुवास गिरी र अभिनेता भुवन केसीसमेत लफडामा परिसकेका छन् । निर्माता तथा निर्देशक शम्भु प्रधानले आफ्नो पुरानो फिल्म ‘सम्झना’को ‘उकालीमा अघि अघि’ बोलको गीत फिल्म ‘कृ’ले चोरी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरु लफडामा परेका थिए । यी त उदाहरण मात्र हुन् । यहाँ कुनै न कुनै गीत चर्चित गीतहरु कपि गरिएका हुन्छन् । नेपाली फिल्मका कथा र पोस्टरहरु समेत नेपाली शुद्ध छैनन् ।

नेपाली फिल्मका कथा, पटकथादेखि पोस्टरसम्म बलिउड, हलिउड र कोरियनबाट प्रभावित भएका पाइन्छन् । यस्तो अवस्थामा पुराना नेपाली कलाकारबाटै प्रभावित भएर एउटा प्रतिभाले लय पछ्याउनुलाई नकरात्मक रुपमा लिनु मिल्दैन । तर, कसैको सिर्जना ‘हुबुह’ चोरी वा कपि गर्नुचाहिँ अपराध हो ।

प्रतिक्रिया दिनुहोस्