Logo
Logo

मेलम्ची डुबाउने सचिवले सहरी विकास मन्त्रालय ताकेपछि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । मेलम्ची खानेपानी आयोजना डुबाउने मुख्य खलनायक सचिव गजेन्द्र ठाकुर सहरी विकास मन्त्रालयमा सरुवा हुन समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको मात्र भर नपरी प्रधानमन्त्री कार्यालयमा समेत प्रभावित पार्न दौडेका छन् ।

प्रधानमन्त्रीका निकट भन्दै लाभ लिंदैआएका गोविन्द थापालाई मिलाएको भन्दै उनी सहरी विकासमा छिट्टै सरुवा हुने भन्न थालेका छन् । र, सहरी विकास तथा भवन विभागका ठेकेदारहरुसँग ‘म सहरी विकासमा आउँदैछु, सहयोग चाहियो’ भन्दै घुस माग्न थालिसकेका छन् । उपेन्द्र यादवलाई पहिले नै सेटिङ गरे पनि उनले बिलम्ब गरेपछि प्रधानमन्त्रीका निकट गोविन्द थापालाई प्रभावित पारी सहरीमा सरुवा हुने दाउमा छन् । यो साता जनकपुर गएका उनले फर्किनासाथ समाजवादी पार्टीका सांसदहरुलाई पार्टीलाई सहयोग गर्दा पनि सरुवा नभएको, पैसा डुब्ने भयो भन्दै उपेन्द्र यादवलाई दबाब दिन हारगुहार गरेको स्रोतले बताएको छ ।

ठाकुरमाथि खानेपानी विभागको महानिर्देशक, भौतिक पूर्वाधार मन्त्रालय, सिंचाई र खानेपानी मन्त्रालयमा हुँदा अरबौंका आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्