
काठमाडौं । देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ ।
देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न तथा पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/ चटयाङ्ग सहित वर्षाको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।












