Logo
Logo

नेपाल र पीएनजीबीच आज दोस्रो खेल


567
Shares

काठमाडौं । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदै छ । घरेलु मैदान टियु क्रिकेट मैदानमा नेपालले पीएनजीसँग पहिलो पटक एकदिवसीय खेल खेलिरहेको छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल जितबाट चुक्यो । केही कीर्तिमानसहित जितउन्मुख भए पनि नेपाल पीएनजीसँग ६ रनल पराजित भयो । नेपालका रोहित पैडेलले शतक प्रहार गरे पनि हारले उनको शतक फिक्का बनेको थियो ।

आजको खेल पनि बिहान ९ः३० बजे सुरु हुँदै छ । यो दुई खेलको एकदिवसीय शृङखलामा नेपाली नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले युवा खेलाडीलाई अवसर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्