Logo
Logo

महोत्सवमा पिङ भाँचिदा १४ जना घाइते


5.5k
Shares

काठमाडौं । कपिलवस्तुको बांणगंगा जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा बाल उद्यानको डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

महोत्सवमा गएका दर्शकहरू सवार पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना हुँदा तीन जना भने गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका(१ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका-९ की आकृति खनाल रहेका छन् । उनीहरूको बुटवलको एक निजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

घाइते मध्ये ४ जना सामान्य उपचारपछि घर फर्केका र ७ जनाको कपिलवस्तुमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्