Logo
Logo

जसपाका प्रमुख सचेतक प्रमोद साहमाथि आक्रमण, सुरक्षा गार्डको पेस्तोल खोसियो


24.5k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ । सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे संघातिक आक्रमण भएको हो ।

सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साहमाथि जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेको बताइएको छ । ईश्वरपुर नगरपालिकाको युवा क्लव उद्घाटन कार्यक्रममा जाँदा सुरुमा उनलाई अवरोध गरेका थिए ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि जसपा र जनमतका कार्यकर्ताबीच झडप भएको थियो ।

आक्रमणबाट साह घाइते भएको उनका आफन्त अनिल झाले बताए । उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ । गार्डको पेस्तोल पनि खोसिएको झाको भनाइ छ । दुवैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्