Logo
Logo

उपलब्धि रक्षाका लागि अहिलेको गठबन्धन : शिक्षामन्त्री


567
Shares

गलकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विगतमा भएका उपलब्धि रक्षाका लागि अहिलेको पाँच दलीय गठबन्धन भएको बताएका छन् । उनले उपलब्धि गुम्ने खतरामुक्त गर्न गठबन्धन गरेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाले आज आयोजना गरेको वैचारिक एवम् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिजोका दिनमा भएका लोकतन्त्रसहितको गणतन्त्र लगायतको उपलब्धिहरु रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बर्ता ।

‘माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्वलगायत थुप्रै उपलब्धि भए, उपलब्धिहरु गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो,’ मन्त्री पौडेलले भने । उनले नेपालको पृष्ठभूमिको आन्दोलन जनयुद्ध भएको भन्दै यो कुनै पार्टी केन्द्रित नभएर जनता केन्द्रित भएको बताउँदै के पाइयोभन्दा पनि परिवर्तनका लागि अझै लागिरहन आम माओवादी नेता कार्यकर्तालाई आग्रह गरे

प्रतिक्रिया दिनुहोस्