Logo
Logo

यस्तो छ नेपाल र चीनबीच भएको ९ बुँदे समझदारी (सूची)


2k
Shares

काठमाडौं । नेपाल र चीनका बीचमा विभिन्न ९ बुँदे समझदारीमा हस्ताक्षर भएको छ । शनिबार नेपाल र चीनका परराष्ट्रमन्त्रीसहित प्रतिनिधिमण्डस्तरीय वार्ताका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, खोप हस्तान्तरण र मर्मत सम्भार, स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवम् घाँस निर्यातलगायत समझदारीपत्रमा पनि हस्ताक्षर भएको जनाइएको छ ।

यस्तो छ समझदारीमा हस्ताक्षर भएका ९ बुँदा
१. आर्थिक तथा प्राविधिक सहयोग सम्झौता
२. नेपालमा चीन–नेपाल सीमापार चल्ने रेलमार्गसम्बन्धी परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना
३. चीन–नेपाल पावर ग्रिड इन्टरकम (प्रसारण लाइन)को सम्भाव्यता अध्ययनमा सहयोग
४. नेपालबाट चीनमा घाँस निकासीको सुरक्षा तथा स्वास्थ्यसम्बन्धी मापदण्ड
५. चीन पैठारी हुने सामानमा ९८ प्रतिशत भन्सार शूल्क मुक्त गर्ने विनिमय पत्र
६. अरनिको राजमार्ग मर्मतसम्भार ९तेस्रो चरण० आयोजनाको हस्तान्तरण प्रमाणपत्र
७. रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको निर्णय
८. चीनको सहायतमा नेपाल आएको कोरोनाविरुद्धको खोपको वितरण र स्वीकृतिको प्रमाण पत्र (पाचौं र छैटौं चरणमा आएको ४० लाख खोप)
९. चीनको चिकित्सकीय टोली नेपाल पठाउन आवश्यक मापदण्डसम्बन्धी सम्झौता

प्रतिक्रिया दिनुहोस्