Logo
Logo

राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता


441
Shares

काठमाण्डौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ यी आइतबार बिहान शीतल निवास पुगेका थिए । उनीहरुबीच दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले आजै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् ।

तीन दिने भ्रमणमा रहेका विदेशमन्त्री वाङ यीले यसक्रममा नेपाल र चीनबीच केरुङ–काठमाडौं रेलवेको विस्तृत सम्भाव्यता अध्ययन, कोभिड–१९ विरुद्धको खोप अनुदान र नेपालको आर्थिक विकासमा चिनियाँ अनुदान बढाउनेसम्मका ९ विषयमा सहमति भएको छ । विदेशमन्त्री वाङ आजै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्