काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार बिहान भेटवार्ता भएको छ । चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली नक्शालस्थित होटल मेरियट पुगेका थिए ।

यस्तै, आजै चिनियाँ विदेशमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पनि भेटवार्ता गदैछन् । एमाले अध्यक्ष ओलीले भेटेलगत्तै प्रचण्ड चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्न मेरियट होटल पुगेका छन् ।
तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै स्वदेश फर्किंदैछन् ।















