Logo
Logo

भिडियोमा रुकमान-दीपाको ‘जादू छ’



काठमाडौं । गायक डम्बर नेपाली र गायिका दीपा सुहाङको युगल स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गायक नेपालीकै शब्द तथा संगीत रहेको ‘जादु छ’ बोलको गीत शनिबार युट्युवमार्फत सार्वजनिक भएको हो ।

महाराज थापाको संगीत संयोजन रहेको उक्त गीतको भिडियोमा गायिका दीपासँग गायकसमेत रहेका रुकमान लिम्बूले अभिनय गरेका छन् ।

काठमाडौंका विभिन्न स्थानमा छायाँकन गरिएको उक्त गीतको भिडियोलाई हाङ चेमजोङको निर्देशन गरेका हुन् । भिडियोमा छायाँकन इसक जबेगुले रहेको छ । रोमान्टि शैलीको यस गीतको भिडियोमा युवा युवतीबीच प्रेमावस्थालाई चित्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्