Logo
Logo

काम नगर्ने ठेकेदारमाथि कडा रुपमा प्रस्तुत भए प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , अषाढ ५ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकता प्राप्त आयोजनाहरू लामो समयदेखि अल्झाइरहने ठेकेदारलाई ‘अयोग्य’ घोषणा गर्नुपर्ने बताएका छन्।

त्यस्ता आयोजनाहरूको प्रगति सन्तोषजनक हुन नसकेको भन्दै उनले निश्चित समय दिएर आयोजना पूरा गर्न लगाउनुपर्ने र त्यसपछि सम्बन्धित ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

बुधबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४५औँ बैठकका क्रममा उनले आयोजना ढिला हुँदा लागत पनि दुई गुणा बढ्ने र त्यसको प्रतिफलको लाभ पनि पर्याप्त नहुने बताए ।

“राज्यलाई दोहोरो गम्भीर हानि पु¥याउने कम्पनीलाई काम दिन सकिन्न”, उनले भने, “आयोजना पूरा गरेपछि त्यस्ता ठेकेदारलाई ‘डिसक्वालिफाई’ गर्नुपर्छ । ”
बैठकका क्रममा प्रधानमन्त्री ओलीले केही आयोजनाको उदाहरण दिँदै प्रक्रियाका नाममा र गलत ‘ब्रिफिङ’ले गर्दा पनि आयोजनाहरू पछि धकेलिएको बताए ।

प्रतिक्रिया दिनुहोस्