Logo
Logo

धारिलो हतियार प्रयोग गरी हत्या


- दृष्टि न्युज/संवाददाता


बर्दिया । बर्दियाको राजापुरमा धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा एक जनाको हत्या भएको छ । राजापुर नगरपालिका ३ नंगापुरमा ५५ बर्षीय जयराम थारुको गए राति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

धारीलो हतियार प्रयोग गरी सुतिरहेको हत्या भएको प्रहरीले जनाएको छ । उनको घरमा मृतक र उनका बुहारी मात्र घरमा रहेका थिए । बुहारी घरमा भित्र चुक्कुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए । उनका छोरा भने बैदेशिक रोजगारमा गएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजित महराले घटनाको बारेमा अनुसन्धान भइरहेको बताए । अनुसन्धानको लागि कुकुर सहितको टोली आउँदै गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्