Logo
Logo

संसदमा विपक्षी दलको नेता रिसाएको विरालो झै प्रस्तुत हुनुभयो –योगेश भट्टराई


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं ,५ अषाढ ।

सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले विपक्षी दलले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको आत्मालोचना गर्नुको साटो विपक्षी दलको नेता रिसाएको विरालो झै प्रस्तुत भएको आरोप लगाएका छन् ।

विनियोजन विधेयकमाथि बिहिवार संसदमा भएको छलफलमा भाग लिँदै भट्टराईले बुधवार संसद बैठकमा प्रमुख प्रतिपक्षी दलले सभामुखको आदेश नमानेको आरोप समेत लगाए ।

भट्राईले ‘सभामुखका आदेश मान्दैनौ रु नियम मान्दैनौ । कानुन मान्दैनौ । संविधान मान्दैनौ । किन कि हामी दुनियाँले हामीलाई प्रजातन्त्रवादी भनिदिएकै छ ।

संविधान नमानेपछि प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाइएकै छ । त्यसकारणले संविधान मान्दैनौ । कानुन मान्दैनौ । कानुन र संविधान कम्युनिष्टलाई मात्रै लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्