Logo
Logo

रसुवागढी सुरुङभित्र थुनिएका १७ मजदुरको सकुशल उद्धार


- दृष्टि न्युज/संवाददाता


काठमाडौ , ६ अषाढ ।

सुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरुङ निर्माणस्थलमा पहिरो जाँदा सुरुङमा थुनिाएका १७ मजदुरको उद्धार सकुशल उद्धार गरिएको छ ।

पहिरोले थुनेको सुरुङको मुख खोलिएको र सुरुङभित्र थुनिएका ११ जना नेपालीसहित ६ जना चिनियाँ मजदुरलाई बाहिर निकाल्ने प्रयास सफल भएको रसुवा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए । सुरुङको एक सय मिटरभित्र काम गरिरहेको बेला थुनिएका उनीहरुलाई उद्धार गर्न रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली परिचालित थिए ।

सुरुङभित्र रहेका १७ जना मजदुरको स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिएका छन् ।  गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रबाट झण्डै सय मिटर माथि यो परियोजना बनिरहेको छ । रसुवागढी नजिकै १११ मेगावाटको जलविद्युत आयोजना बनिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्