Logo
Logo

पशुपतिको मूल ढुकुटीमा के छ ? भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ ?’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौ , ६ अषाढ ।
‘पशुपतिको मूल ढुकुटी खोल्नुपर्‍यो। यसलाई बन्द गरी राख्नुभएन’, सांसद खिमलाल भट्टराईले भने, ‘यसभित्र के छ ? भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ रु हेरौं त।’

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बिहीबार उनले राजनीतिक सहमति गरेर वा कानुनै बनाउनुपर्ने भए बनाएर पनि मूल ढुकुटी खोल्नुपर्ने बताए। उनी राष्ट्रियसभामा सत्तारुढ दलका प्रमुख सचेतक हुन्। उनले बन्द अवस्थामा रहेको मूल ढुकुटी खोल्ने वातावरण बनाउन पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरे।

राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले मूल ढुकुटी नखोलिनुको कारण मागे। ‘ढुकुटी नखोल्ने कारण के हो रु ’, उनले भने, ‘धार्मिक मान्यता केही छ कि रु सर्वोच्च अदालतको आदेशक के हो ? ’ यसअघि ढुकुटी खोल्न खोज्दा सर्वोच्चले रोक लगाएको थियो। उनले पशुपतिको सम्पत्ति पारदर्शी हुनुपर्ने बताए। अन्य सांसदले पनि पशुपतिनाथ मन्दिरको ढुकुटीमा भएको सम्पत्तिमा चासो राखे। उनीहरूले ढुकुटी खोलेर त्यसको अवस्थाबारे सर्वसाधारणलाई जानकारी दिनुपर्ने बताए। सांसद बद्रीप्रसाद पाण्डेले ढुकुटीको अवस्था के छ भनी प्रश्न गरेका थिए।

कोषका सदस्यसचिव डा। प्रदीप ढकालले राष्ट्रिय विपत्ति आउँदा मात्रै मूल ढुकुटी खोलिने गरेको जवाफ दिए। उनका अनुसार दासप्रथा उन्मूलनको समयमा खोलिएको थियो। मुख्य मन्दिरको माथिल्लो तलामा ढुकुटी रहेको र त्यहाँ जो कोही जान नपाउने उनले सुनाए। ‘विशेष नायक मात्र मूल ढुकुटी भएको स्थानमा जान पाउँछन् तर उनीसँग साँचो हुँदैन’, उनले भने, ‘जोसँग साँचो हुन्छ ऊ जान पाउँदैन।’ आजको अन्नपूर्ण पोस्टमा दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्