Logo
Logo

खाद्य विभागका विभागका महानिर्देशक कर्णसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौ , ६ अषाढ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनामाथि अख्तियार दुरुपयोग अनुन्धान आयोगले भ्रष्टचारको मुद्दा दायर गरेको छ । मोबाइल भ्यान प्रयोगशाला खरिदमा १२ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले महानिर्देशक सञ्जिवकुमार कर्णसहित १३ जनामाथि विशेष अदालतमा बिहीबार भ्रष्टाचारमुद्दा दायर गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।

बिहीबार विशेष अदालतमा मुद्दा चलाइएकाहरूमा महानिर्देशक कर्णसहित विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन ईकाइ खुमलटारका उपसचिव ९लेखा० गणेशप्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईं, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेल रहेका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक उपभोग्य वस्तुको गुणस्तर मापन (चेकजाँच) गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ४ ओटा मोबाइल भ्यान (प्रयोगशालाजडित गाडी) खरिद गरेको थियो ।

को सँग कति बिगो माग दाबी?

महानिर्देशक सञ्जिवकुमार कर्ण – १२ करोड ४० लाख

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती- १२ करोड ४० लाख

लेखापाल रविता श्रेष्ठ- १२ करोड ४० लाख

नायव सुब्बा गुरुदत्त गौतम- १२ करोड ४० लाख

प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनाका व्यवस्थापन इकाइ,

खुमलटारका लेखाका उपसचिव गणेश प्रसाद चालिसे- १२ करोड ४० लाख

लेखापाल बालाराम पोखरेल- १२ करोड ४० लाख

शाखा अधिकृत भागीरथ आचार्य- ४ करोड १३ लाख

परियोजना निर्देशक हरिप्रसाद घिमिरे- ८ करोड २६ लाख

वरिष्ठ कृषि इञ्जिनियर सरोज अधिकारी- ८ करोड २६ लाख

वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई- ८ करोड २६ लाख

परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल- ४ करोड १३ लाख

वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेल- ४ करोड १३ लाख

भ्यान सप्लाई गर्ने प्रुडेन्ट मेडिटेक इन्टरनेसनल कमलादीका

आधिकारिक प्रतिनिधि प्रवीण कुँवर- २४ करोड ८० लाख

प्रतिक्रिया दिनुहोस्