Logo

युवतीको पैसाकै लोभले हत्यामा, हत्यामा संलग्न आशंकामा एक जना पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौ , ६ अषाढ ।

पाँचथरको गोपेटारस्थित एनएमबी माइक्रोफाइनान्सकी कर्मचारी सुजाता तामाङको हत्या आरोपी पक्राउ परेका छन्।

तामाङको हत्यामा संलग्न हिलिहाङ ६ का १९ वर्षीय अस्मिन भनिने घनेन्द्र लावतीलाई बिहीबार राति पक्राउ गरेको हो। उनलाई हिलिहाङमै लुकेर वसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

सुजाताको हत्यापछि फरार अभियुत्त लाओतीको खोजतलास गर्ने क्रममा प्रहरीले तामाङको साथबाट लुटिएको ८१ हजार ७० रुपैयाँ र हत्यामा प्रयोग भएको खुकुरीसमेत बरामद गरेको छ ।

हिलिहाङ गाउपालिका–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत तामाङ हिलिहाङ–६, रातमाटेमा फाइनान्स समूहको बैठकसँगै व्याज र किस्ता संकलन गरेर फर्कँदै गर्दा गएको मंगलबार साँझ सित्ते भन्ने ठाँउको जङगलको गोरेटो बाटोमा धारिलो खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।

इलामको माई जोगमाई घर भएकी २१ वर्षीया तामाङ एनएमबी माइक्रोफाइनान्स गोपेटार पाँचथरमा सहायक कर्मचारीको रुपमा कार्यरत थिइन्।

प्रतिक्रिया दिनुहोस्