Logo
Logo

एनआइसी एसिया बैंककोे थप तीन शाखारहित बैंकिङ सेवा केन्द्र


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । एनआइसी एसिया बैंकले वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यले विभन्न स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ को सीतापुर, झापाको मेचीनगर नगरपालिका–१ को गाडागल्ली र मेचीडाँगीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको शाखारहित बैंकिङ सेवाकेन्द्र ३५ पुगेको छ ।

सीतापुरको सेवाकेन्द्रको लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष रामबल्लभ साहले उद्घाटन गरेका हुन् सीतापुर शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा रमेश गुप्तालाई नियुक्त गरेको छ ।

यसैगरी गाडागल्ली र मेचीडाँगीको सेवाकेन्द्रको उद्घाटन मेचीनगर नगरपालिका–१ का वडा अध्यक्ष पासाङ तामाङले गरेका हुन् । बैंकले गाडागल्लीका लागि भावना श्रेष्ठ र मेचीडाँगीका लागि लोकनाथ लामिछानेलाई प्रतिनिधि नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्