Logo
Logo

ग्लोबल आइएमई बैंकको थप १७ शाखारहित बैंकिङ सेवाकेन्द्र


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा थप १७ वटा शाखारहित बैंकिङ सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।

बैंकले सिरहाको सिरहा नगरपालिका–१९ सन्हैठाचोक, कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका– १, रेगिल, पर्साको पर्सागढी नगरपालिका–१ मनवा बजार, पर्वतको मोदी गाउँपालिका–७ राम्जा ठाँटी, परासीको सुनवल नगरपालिका –११ जर्गाहा, संखुवासभाको चैनपुर नगरपालिका–११ लोहाकोट, पाल्पाको पूर्वखोला गाउँपालिका–५ वीरकोट, गुल्मीको रेसुंगा नगरपालिका–१४ पराल्मी, मोरङको बेलबारी नगरपालिका–१० चाँदनीचोक एवं बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग, झापाको मेचीनगर नगरपालिका–२ भृकुटीचोकमा शाखारहित बैंकिङ सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी तनहूँको देवघाट गाउँपालिका–२ देवघाट र व्यास नगरपालिका– ५ नेपालटार, उदयपुरको चौदण्डीगढी नगरपालिका–९, हडियाबजार, चितवनको इच्छाकामना गाउँपालिका–७ भालुमारे, कालिका नगरपालिका–९, शक्तिखोर एवं गुल्मीको सत्यवती गाउँपालिका–६ चोरकाटेमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको जनाएको छ । थपिएकासँगै बैंकको शाखारहित बैंकिङ सेवाकेन्द्र १५५ पुगेको छ ।
यसका साथै बैंकले दमक शाखा, काठमाडौं, कपनको साततले र वीरगन्जस्थित नारायणी सब रिजनल अस्पताल परिसरमा एटिएम काउन्टरसमेत सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्