Logo
Logo

‘चलचित्रमा नृत्य’ एक दिने कार्यशाला


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ असार । नेपाल चलचित्र नृत्य संघले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला सम्पन्न गरेको छ । राजधानीमा नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्म गर्नेहरुको संघ नेपाल चलचित्र नृत्य संघले शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला सम्पन्न गरेको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रमको उद्घाटन चलचित्रको मुर्हत शैलीमा गरिएको थियो । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र निर्देशक समाज अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र प्राविधिक संघ अध्यक्ष पुष्करलामालगायतले नेपाल चलचित्र नृत्य संघले गरेको कार्यशालाका निम्ति शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्षलगायत सबै सदस्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिति केशव भट्टराईले चलचित्र क्षेत्रको विकास गर्नका लागि कार्यशाला, गोष्ठि हुन जरुरी र संघ संस्थाहरु मर्यादित भएर आफ्ना सदस्यहरुलाई सिष्टममा ल्याउन जरुरी रहेको बताए । नेपाल चलचित्र नृत्य संघका वसन्त श्रेष्ठले छायाँकन अवधिमा छिटो–छरितो तवरले छायाँकन, मौलिकता, इतिहास, संस्कृति, भेषभूषा, सङ्गीत आदिको ज्ञान आर्जन हुनका साथै यो कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति सम्वद्र्धन र चलचित्रकर्मीहरुलाई फाइदा पु¥याउने बताए ।
गोविन्द प्रभात कार्यक्रम संयोजक रहेको कार्यशालाको प्रशिक्षकमा क्यामेरामा गौरी शंकर धुजु, निर्देशकमा लक्ष्मी नारायणा शर्मा, नृत्यमा कमल राई र राजु शाह रहेका थिए भने अचुत घिमिरेले नृत्यको इतिहास माथि प्रकाश पारेका थिए ।
कार्यशालामा काठमाडौं र मोफसलबाट कला क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उनीहरुले कार्यशाला निक्कै उपयोगी रहेको बताए । नेपाल चलचित्र नृत्य संघले आगामी दिनमा पनि यस्तै अन्य कार्यक्रमलाई निरन्तरता दिने कार्यक्रम संयोजक गोविन्द प्रभातले जानकारी गराए । कार्यशालाको मोटिभेटरमा अस्तिभा शास्त्री र डीपी आत्रेय रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्