Logo
Logo

नेकपाको सचिवालय बैठक बालुवाटारमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र जिल्ला इन्चार्ज र सहइन्चार्जका बारेमा टुंगो लगाउने तयारी रहेको छ।

बैठकमा केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँडसँगै पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे छलफल हुने नेकपाले जनाएको छ।

बैठकमा पार्टीको राजनीतिक दस्तावेज प्रकाशन लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । दिउसो ३ बजे बाट शुरु भएको बैठक अहिले सम्म जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्