Logo
Logo

नेकपा सचिवालय बैठक विना निर्णय स्थगित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निर्णय स्थगित भएको छ ।

बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र जिल्ला इन्चार्ज र सहइन्चार्जका बारेमा टुंगो लगाउने तयारी रहेको थियो । राजनीतिक प्रतिवेदन दस्तावेज तयार पार्न र कार्यविभाजन लगायत पार्टी सञ्चालनको विभिन्न विषयमा छलफल गर्न बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो ।

बैठकमा केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँडसँगै पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे छलफल हुने नेकपाले जनाएको छ।

बैठक जारी हुँदै गर्दा प्रधानमन्त्री ओली मुस्लिम समुदायको रमदानसम्बन्धी कार्यक्रममा जानु पर्ने भएपछि बैठक स्थगित भएको हो । अर्को बैठक गृहकार्यसहित बस्ने सहमती भए पनि कहिले बस्ने भन्ने मिति तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्