Logo
Logo

दुर्घटनामा जलेर दुईको मृत्यु


- दृष्टि न्युज/संवाददाता


खस्यौली, ८ असार । रुपन्देहीको सैनामैना नगरपालिका ६– स्थित कलोनीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा जलेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुवै जनाको अहिलेसम्म सनाखत हुन सकेको छैन ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५९४८ नं को बसलाई र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ८ प ८४७५ नंको मोटरसाइकलले ठक्कर दिएपछि मोटरसाइकलको ट्याङ्की विष्फोट भएर आगलागी हुँदा दुवैको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए ।
‘अझै पनि सनाखत भएको छैन, तर हामीले कोशिस गरिरहेका छाँै’, प्रहरी निरीक्षक मैनालीले भने । अहिले दुवै शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्